संसद पौडेलद्धारा चन्द्रनिगाहपुर सिटि जेसिसको भित्तेपात्रो बिमोचन

0
120

चन्द्रपुर,१८ बैशाख
रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले आज शुक्रबार एक कार्यक्रमका बिच २०८३ सालको भित्तेपात्रो बिमोचन गर्नुभएको छ ।
चन्द्रनिगाहपुर सिटी जेसिसले प्रकाशन गरेको भित्तेपात्रो संसद पौडेलले बिमोचन गर्नुभएको हो ।
भित्तेपात्रोको बिमोचन गर्नुहुदै संसद पौडेलले देश बिकाशमा युवा शक्ति एक भएर अगाडी बढनुपर्ने धारणा राख्नुभएको थियो ।
सिटि जेसिस पनि समाजमा नेतृत्व बिकाशको लागी काम गरिरहेको बताउदै संसद पौडेलले देशका हरेक परिर्वतनमा युवाहरु सक्रिय हुनुपर्ने धारणा राख्नुभएको थियो । युवाहरुको नेतृत्व बिकाशमा जेसिसले सराहनिय भुमिका निर्वाह गदै आइरहेको समेत संसद पौडेलले बताउनुभएको छ ।
यसैबिच संसद पौडेललाई चन्द्रनिगाहपुर सिटि जेसिसले दोसल्ला ओडाएर सम्मान समेत गरेको छ । चन्द्रनिगाहपुर सिटि जेसिसका अध्यक्ष देबराज न्यौपानेले संसद पौडेललाइ सम्मान गदै जनताको भाबना अनुसार काम गर्न आग्रह गर्नुभएको थियो ।
भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम चन्द्रनिगाहपुर सिटि जेसिस बर्ष २०२६ का अध्यक्ष देबराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण कार्यक्रम संयोजक विकिच घिमिरे गर्नुभएको थियो ।
चन्द्रनिगाहपुर सिटि जेसिस बर्ष २०२६ का महासचिब शुसिल अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यकारी उपाध्यक्ष छबिलाल गौतमले राख्नुभएको थियो ।
उक्त कार्यक्रममा निमार्ण ब्यबसायी संघ रौतहटका अध्यक्ष कृष्णदेब यादब,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक राजेन्द्र थापामगर,चन्द्रनिगाहपुर सिटि जेसिसका पुर्व अध्यक्ष अन्नत अधिकारी,चिरिन्जीबी गौतम,रास्वपाका चन्द्रपुर अध्यक्ष अरुण लामा,सचिब मुकुन्द पौडेललगायतकाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here