मेयर साहको सट्टामा परिक्षा दिने नक्कली परिक्षार्थी पक्राउ

0
669

चन्द्रपुर – रौहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा नगरपालिका वाड नं. ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ परेको शिक्षा समन्न्वय इकाई कार्यालय रौतहट गौरका प्रमख बिनय सिंहजे जानकारी दिएका छन ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । मेयर ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभुषण साहको नेतृत्वमा अनुगमन टोली खटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here