महेन्द्र माबि रैयाटोल भौतिक पुर्वाधार बिकाशमा फडको मार्दै

0
433

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलमा रहेको महेन्द्र माबिले १÷२ बर्षको अन्तराल मै भौतिक पुर्वाधारको बिकाशमा गतिलै फडको मारेको छ । कुनै बेला छालामा जस्ता नभएको सो बिद्यालयमा अहिले भौतिक पुर्वाधारको बिकाशले तिब्रता पाएको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा संजिब कुश्वार र प्रधानाध्यापकको रुपमा कमला थापा आएपछि सो बिद्यालयको भवन निमार्ण देखी बिभिन्न भौतिक पुर्वाधारको बिकाशले तिब्रता लिएको हो । बिहीबार पनि सो बिद्यालयमा रौतहट क्षेत्र नं. ४ क का प्रदेश संसद युवराज भट्टराई समिर २ कोठे भवनको शिलान्यास गर्नुभएको छ ।भवनको शिलान्यास गदै प्रदेश संसद भट्टराईले यस क्षेत्रको शिक्षा सुधारको लागी सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको सुधारको लागी आफुले सक्दो सहयोग गर्ने उहाको भनाइ छ । राष्ट्रपति शैक्षिक सुधार बिद्यालय भौतिक सुबिधा बिस्तार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकाको सहयोगमा सो भवन निमार्ण हुन लागेको सोही बिद्यालयकी प्रअ कमला थापाले बताउनुभयो ।
प्रअ थापाकै पहलमा गत बर्ष पनि ४ कोठे भवन निमार्ण सम्पन्न भएको थियो । बिभिन्न तह तप्काबाट आएको सहयोगले बिद्यालयको कम्पाण्ड निमार्ण, सुबिधा सम्पन्न शौचालयको निमार्ण,स्वच्छ खानेपानीको ब्यबस्थाको काम भएको प्रअ थापाले जानकारी दिनुभएको छ ।
भौतिक पुर्वाधारको साथ साथै बिद्यार्थीको संख्या पनि बढिरहेको उहाले बताउनुभयो । बिगतका बर्षहरु भन्दा अहिले बिद्यार्थी संख्या बढिरहेको प्रअ थापाको भनाइ रहेको छ । बिद्यार्थीहरुलाइ हरेक कक्षा कोठामा पंख्या देखी डेक्स बेन्च लगायतका फर्निचरको प्रबन्ध भएको प्रअ थापाले जानकारी दिनुभएको छ ।
नव निर्मित भवनको निमार्ण कार्य यही असार मसान्त भित्र सम्पन्न हुने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारले बताए । १८ लाख लागतमा सो भवन निमार्ण हुन लागेको हो ।
कार्यक्रममा चन्द्रपुर २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,चन्द्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत दिपेन्द्र मण्डल,बिभिन्न बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here