Saturday, June 22, 2024

सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुरको अध्यक्षमा राना सर्वसहमत

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुर नगर कमिटिको अध्यक्षमा पदम कुमारी राना सर्वसहमत चयन भएकी छिन । शुक्रबार चन्द्रनिगाहपुरमा आयोजित दोश्रो नगर अधिबेशनले रानालाइ अध्यक्षमा सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा रिता पाण्डे घिमिरे र महासचिबमा भुनेश्वर गुरो चयन भएका छन ।
यसैगरी कोषाध्यक्षमा सन्तलाल कुश्वार चयन भएको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यले जानकारी दिएका छन ।
समितिको सदस्यहरुमा गणेश बहादुर राउत,राजु पाण्डे,रुपा एस्माली लगायत गरी ३३ सदस्यीय नगर कमिटि चयन भएको जिल्ला उपाध्यक्ष आचार्यले जानकारी दिए । सोही भेलाले जिल्ला महासंघको लागी प्रतिनिधि,प्रदेश महासंघको लागी प्रतिनिधि,न्यायिक समिति,अनुगमन समिति समेत चयन गरेको छ ।
उक्त दोश्रो अधिबेशनको खुल्ला सत्रको उदघाटन रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराईले गरेका थिए । तत्कालीन नगर अध्यक्ष राम बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन टिका आचार्यले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles