वाल बिवाह न्युनिकरण गर्न सरोकारवालाहरु संग छलफल

0
333

चन्द्रपुर-वाल विवाहलाइ सम्बोधन गर्न किशोर किशोरीलाइ शसक्त बनाउने लक्ष्य सहित शुक्रबार चन्द्रपुर पालिका स्तरीय सरोकारवालाहरु संग अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । कार्यक्रममा आयोजक संस्था एसओडिसिसिका कार्यक्रम संयोजक सरस्वती खरेलले सहजीकरण गर्नुभएको थियो ।बैठकमा बालबालिकाहरुको आधारभुत आवश्यकता,वाल विवाहबाट बालबालिकाहरुमा हुने हानी,बाल संरक्षणको लागी गर्न सकिने कामहरु,मधेश प्रदेशमा बालबालिकाहरु सम्बन्धी मुख्य सवालहरुको बारेमा कार्यक्रम संयोजक खरेलले जानकारी गराउनु भएको थियो ।
युनिसेभको आर्थिक सहयोगमा,स्थानिय पालिकाको समन्वयमा र एसओडिसिसि पर्साको आयोजनामा रौतहटको ४ वटा पालिकामा यो परियोजना संचालन हुने खरेलले जानकारी दिनुभएको छ ।
सन २०३० सम्म मधेश प्रदेशलाइ वाल विवाह मुक्त बनाउने अभियान अन्र्तरगत रौतहटको चन्द्रपुर,गौर,राजदेबी र परोहा नगरपालिकामा यो परियोजना संचालन हुने भएको हो ।
मधेश प्रदेशमा पर्सा,बारा र रौतहटको १२ वटा पालिकाहरुमा यो कार्यक्रम संचालन हुने खरेलको भनाइ रहेको छ ।
१२ वटा पालिकाको १ सय वटा माबि स्तरको बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाइ लक्षित गरेर कार्यक्रम आएको उहाले जानकारी दिनुभएको छ ।
यो कार्यक्रमबाट १०० वटा बिद्यालय,२ सय जना शिक्षक,१२ जना सहजकर्ता,१० हजार किशोर किशोरी,५ हजार अभिभाबक र १०० वटा बाल क्लब लाभान्बित हुने उहाले जानकारी दिनुभयो ।
बैठकमा नगर उप प्रमुख चौधरीले बिगतको तुलनामा बाल बिवाह कम हुदै गएको र अब आउदा दिनहरुमा अझ प्रभाबकारी बनाएर बाल बिवाह ठप्प नै पार्ने गरी काम गर्न सुझाब दिनुभएको छ ।
बैठकमा चन्द्रपुर नगरपालिका वाड नं. १० का वाड अध्यक्ष टंकेश्वर चौधरी,चन्द्रपुर स्वास्थ्य शाखाका मातृका कोइराला,महिला तथा बालबालिका शाखा प्रमुख शिक्षा शाखाकी जुना तिमलसिना,गैर सरकारी संस्था महासंघकी कार्यवाहक अध्यक्ष कोपिला तिमलसिना,महिला तथा बालबालिका सेल गरुडाको प्रतिनिधि, लगायतको सहभागिता रहेको आयोजक संस्थाका रौतहट संयोजक चिरिन्जीबी पाण्डेले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here