जनप्रतिनिधिको भागबण्डामा कुरा नमिल्दा सेवाग्राहीलाइ सास्ती

0
155

रौतहट,२७ पुस
रौतहटको तिन स्थानिय तहमा जनप्रतिनिधिहरुको भागबण्डामा कुरा नमिल्दा सेवाग्राही भने मर्कामा परेका छन् । गरुडा, कटहरिया तथा फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलित भएपछि सेवाग्राही भने मर्कामा परेका हुन् । कटहरिया नगरपालिकामा उपप्रमुख रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीहरुको कोठामा तालाबन्दी गरेका छन् । बिभिन्न ८ बुँदाको माग राख्दै सोमबार देखि वडा नं। १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नं। ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं। ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुर, लगायतको टोलीले तालाबन्दी गरेका छन् । कर्मचारीहरुको छुटा–छुटै कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन नसकेको हो । नगर क्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने नराख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । गरुडा नगरपालिकामा पनि उप प्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्नाको कार्यक्रम हुँदा काम बिशेषले पुगेका सेवाग्राही मर्कामा परेका छन् । पुस २० गते देखि कार्यपालिकाको मुख्य गेटमा ६ बुंदे मागहरु राखेर धर्नामा बसेपछि कार्यालयको काम प्रभावित भएको हो । लामो समय देखि तलव सुविधा नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि धर्ना जारी राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here