रौतहट – नेकपा एमालेका अध्यक्ष केपी ओली भोली बिहीबार रौतहट आउने भएका छन । नेकपा एमालेको १० औ रौतहट जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष ओली रौतहट आउने भएका हुन । नेकपा एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुदैछ ।
भोली देखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन ।
ओली संगै केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघुबिर महासेठ लगायतका केन्द्रिय नेताहरु रौतहट आउने तय भएको केन्द्रिय सदस्य रेग्मीले जानकारी दिए । अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको समेत उनले बताए । अधिवेशनको लागी प्रतिनिधि चयन,प्रचार प्रसारका कामहरु,मन्च निमार्ण लगायतका कामहरु पुरा भएको रेग्मीको भनाइ छ । यो दशौ जिल्ला अधिवेशनले नया जिल्ला कार्य समिति चयन हुनेछन । जिल्ला अध्यक्षको लागी अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा छ ।






