जटिल क्षय रोगी बिरामीलाइ पोषण समाग्री हस्तान्तरण

0
366

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका जटिल क्षय रोगीका बिरामीहरुलाइ एक संस्थाले पोषण खाद्यन्न समाग्री हस्तान्तरण गरेको छ ।
गत बुधबार एक कार्यक्रमका बिच बागमती सेवा समाजले चन्द्रनिगाहपुर अस्पतालमा सो पोषणका समाग्रीहरु हस्तान्तरण गरेको हो ।
अस्पताल ब्यबस्थापन समितिका उपाध्यक्ष संजय कार्की लगायतको उपस्थीतीमा सो समाग्री हस्तान्तरण गरिएको थियो ।जटिल प्रकारका क्षयरोगीको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले ९ प्रकारको पोषणका समाग्रीहरु हस्तान्तरण गरेको बागमती सेवा समाजका फोकल पर्सन दिपेन्द्र कुमार साहले जानकारी दिएका छन । चामल,अण्डा,पाउडर दुध,आटा,चिनी,तेल लगायतको समाग्री हस्तान्तरण गरेको उनले जानकारी दिए ।
साउन देखी यता रौतहटमा यस प्रकारका रोगबाट संक्रमित १४ जना भेटिएको चन्द्रनिगाहपुर अस्पतालका जन स्वास्थ्य निरिक्षक तथा डिआरका फोकल पर्सन कुन प्रसाद तिमलसिनाले जानकारी दिए ।
समान्य क्षय रोगीहरु ५० भन्दा बढी आउने गरेको तिमलसिनाको भनाइ छ । यही जटिल प्रकारको क्षय रोगको कारण गत माघ १७ गते कटहरिया नगरपालिका वाड नं. १ का १६ बषिय बालक लाल बहादुर माझीको ज्यान गएको समेत उनले जानकारी दिए । समान्य प्रकारको क्षयरोगमा हेलचेक्राइ गरेपछि यस्तो प्रकारको रोग लाग्ने गरेको जनस्वास्थ्य निरिक्षक तिमलसिनाले जानकारी दिएका छन । जटिल प्रकारको क्षयरोगको उपचार मधेश प्रदेशको रौतहटको चन्द्रनिगाहपुर अस्पताल,नेशनल मेडिकल कलेज पर्सा,लालगढ अस्पताल महोत्तरी र मिर्चैया अस्पताल सिराहामा मात्र हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here