खेलकुदले चन्द्रपुरलाइ चिनाएकाे छ – नगर प्रमुख काफ्ले

0
158

चन्द्रपुर –  रौतहटको चन्द्रपुर नगरपालिकाको नगर प्रमुख संजय कुमार काफ्लेले महिला फुटवल खेलाडीका कारण चन्द्रपुर नगरपालिका परिचित रहेको बताउनुभएको छ । यहाँका खेलाडी राष्ट्रिय तथा अन्तरस्तरिय स्तरमा हुने फुटवल प्रतियोगितामा सहभागी भएको र उत्कृष्ट प्रर्दशन समेत गर्दै आएको उहाँको भनाई छ । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बाग्मति माध्यमिक विद्यालय गोपालकुटीमा शुक्रबार आयोजित तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्वोधन गर्दै खेलकुदका गतिविधि स्थानिय पालिकालाई समेत चिनाउने गरेकाले यसको विकास हुन आवश्यक रहेको बताउनुभयो । खेलकुदको विकासका लागि पालिकाले आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले यहाँ फुटवल, क्रिकेट, व्यडमीन्टन, कराँते लगायतका प्रतियोगिता हुने गरेको जानकारी दिनुभयो । यहाँ हुने खेलकुद प्रतियोगिताले खेलाडीको दक्षता, क्षमता र अनुशासनमा अभिबृद्धि गरेको उहाँको भनाई छ । उहाँका अनुसार मानव स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक छ । हरेक दुष्ट्रिकोणले खेल आवश्यक भएको धारणा राख्दै विद्यालय स्तरबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनु पर्ने बताउनुभयो । सो कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुखले काफ्लेले उद्घाटन गर्दै खेलाडीलाई अनुशासित,मार्यादित र नियमपुर्वक खेल्न सुझाव दिनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका उपप्रमुख जयमाला चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उतm कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत किरण निधि तिवारीले विद्यालय स्तरमा खेलको आवश्यक रहेको औल्याउदै शारीरिक , मानसिक तथा स्वास्थ्यका लागि खेलकुद अपिहार्य भएको बताउनुभयो । पछिल्लो समय यूवा पुस्तामा खेल प्रतिको मोह देखिएको भन्दै स्थानिय स्तरमा हुने खेलकुदले खेलाडीको क्षमता बढाउने धारणा राख्नुभयो । अहिलेका वालबालिका सानो उमेर देखि नै विभिन्न खेल खेल्न रुचाउने भएकाले सरकारी तथा निजि विद्यालयले अनिवार्य रुपमा खेलकुदका गतिविधि गर्नु पर्ने उहाँले जोड दिनुभयो । हरेक विद्यार्थीलाइ शाररीक कसरत आवश्यक पर्ने भएकाले पनि खेलका कार्यक्रम गर्न उहाँले सुझाव दिनुभयो । सोहि कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले यस वडामा खेलकुदको प्रतियोगिता हुन लागेकोमा हर्षित भएको भन्दै यस प्रतियोगितालाई सफल बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । वडा कार्यालयले खेलकुदलाई प्रथामिकतामा राखेकाले यहाँका हुने हरेक किसिमका प्रतियोगितामा सहयोग रहने उहाँले जानकारी दिनुभयो । खेलाडीको क्षमता वृद्धिका लागि खेलसामग्री, जर्सी, फुटवल लगायतका सामग्री वितरण गर्नुका साथै खेलमैदान स्तरोन्ती तथा मर्मतको काम समेत वडाले गरेको उहाँले बताउनुभयो । कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका प्रधानध्यापक देवनारायण हुमागाई, होलिभिजन माध्यमिक विद्यालय सन्तपुरका प्रिन्सिपल के.वी थापा, जनहित आधारभूत विद्यालय पौराईका अध्यक्ष लक्ष्मण न्यौपाने लगायतकाले उतm प्रतियोगिताको सफलताको शुभकामना व्यतm गर्नुभएको थियो । बाग्मति माध्यमिक विद्यालय गोपालकुटीका अध्यक्ष यम रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सागर नेपालले गर्नुभएको हो । सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक रवीन्द्र साहले गर्नुभएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिका सामाजिक शाखा प्रमुख मिश्रीलाल साह, शिक्षा शाखा प्रतिनिधि जुना तिमल्सिना, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्री राज शर्मा तथा विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो । चन्द्रपु्र नगरपालिकाका अनुसारका एथ्लेष्टिक छात्र÷छात्रा , दौड तर्फ १०० मि.२००, मि.,४०० मि.र ८०० मि. लङ्गजम्प, हाईजम्प, त्रिपलजम्प, ज्यानवलिनथ्रो, सटपुट खेल भएको हो । मार्सल आर्ट, कराँते (सितोरीयो) , तेक्वान्दो, भलिवल, कवडी प्रतियोगिता भएको आयोजक चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here