चन्द्रपुर वाड अध्यक्ष फुटबल कपमा वाड नम्बर २ बिजयी

0
233

रौतहटको चन्द्रपुरमा जारी नगर स्तरीय वडा अध्यक्ष फुटवल कप प्रतियोगितामा शनिवार भएको खेलमा वडा नं. २ बिजयी भएको छ । चन्द्रपुर ४ सिथत तुल्सिलाल अमात्य स्मृती खेल मैदान भै रहेको खेलमा वडा नं. ७ लाई पराजित गर्दै वडा नं. २ बिजयी भएको हो । वडा नं. २ का लागि जर्सी नं. १ का पुरुषोतम कुस्वार र जसी नं. ९ का विनोद कुस्वारले गोल गरेका हुन् । खेलको मध्यान्तर अघि दुवै टिमबाट गोल हुन सकेको थिएन् । दुवै टिमले एक ÷अर्कालाई दवावमा राखेको थियो । तर खेलको मध्यान्तर पछि वडा नं. २ का जर्सी नं. १ का पुरुषोतम कुस्वारले पहिलो गोल गर्दै टिमलाई अग्रता दिनुभएको हो । त्यसपछि दोश्रो गोल विनोद कुस्वारले गर्नुभएपछि वडा नं. २ ले जितेको हो । वडा नं. ७ बाट कुनै गोल हुन सकेन् । चन्द्रपुर नगरपालिका वडा नं. ४ को अयोजनामा तथा नेपाल खेलकुद क्लवको ब्यवस्थापनमा फुटवल प्रतियोगिता सुरु भएको हो । यहि फाल्गुन १८ गते देखि २८ गते सम्म प्रतियोगिता रहने छ ।  आईतबारको खेल वडा नं. ३ र वडा नं. ८ बिच हुने वडा अध्यक्ष रवी राना मगरले जानकारी दिनुभयो । उतm प्रतियोगितामा नगर भित्र रहेका १० वडाका टिमको सहभागीता रहेको छ । उतm प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई पुरस्कृत समेत गरिने वडा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here