पाैने ३ करोड लागतमा निर्माण गरिएको चार्जिङ स्टेसन संचालनमा

0
146

चन्द्रपुर – राैतहटकाे चन्द्रपुर नगरपालिका वाड नम्बर २ मा निर्माण भएको बिधुतीय सवारी साधन चार्जिङ स्टेसन संचालनमा आएको छ । बुधबारदेखि उक्त स्टेसनमा सवारी साधनहरु चार्जिङ गर्न शुरु गरिएको हाे । चन्द्रपुर नगरपालिका र मधेस सरकारकाे संयुक्त लगानीमा निर्माण गरिएको साे चार्जिङ स्टेसन करिब पाैने ३ करोडकाे लगानीमा निर्माण गरिएको थियोे ।
चार्जिङ स्टेशन निर्माण कार्य सकिएको र मंगलबार दिउँसो विद्युतीय ट्रन्सफर्मर राख्ने काम पनि भएको थियो । सोहि क्रममा आवश्यक प्रक्रिया पूरा गरी २५० के.भीको ट्रन्सफर्मर जडान गरी लाईनलाई सूचारु गरिएको चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधि तिवारीले बताउनुभयो । उहाँले विद्युतीय सवारीको साधनको माग बढ्दो अवस्थामा रहेकाले यहाँ चार्जिङ स्टेशन आवश्यक रहेको औल्याउनुभयो । चार्जिङ्ग स्टेशनमा कम्पाउण्डवाल, आधुनिक बिधुतीय गाडी चार्ज हुने, प्रतिक्षालय, बालबालिकाको लागि खेल्ने स्थान, शौचालय लगायतका पुर्वाधार रहेको उहाँले जानकारी दिनुभयो । चार्जिङ स्टेशनमा एक सेटमा दुई ओटा विद्युतीय गाडी एकैपटक चार्ज हुनेछ । यस्तै ई–रिक्साका लागि ६ ओटा चार्जिङ प्वाइन्ट र दुईपांग्रे विद्युतीय सवारी साधनका लागि पाँच ओटा चार्जिङ प्वाइन्ट राखिएको उहाँले प्रष्ट पार्नुभयो । स्वदेशमा उत्पादित विद्युत्को आन्तरिक प्रयोग बढाउन र पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय चार्जिङ स्टेशनले मद्दत पुग्ने उहाँले बताउनुभयो । चन्द्रपुर क्षेत्रभित्रका विद्युतीय सवारी साधन र यस क्षेत्रको राजमार्ग हँुदै चल्ने यस्ता सवारीसाधनलाई उक्त चार्जिङ सेन्टरले धेरै सहज हुनेछ । विद्युतीय चार्जिङ सेन्टर निर्माण भएपछि विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने उहाँले विश्वास व्यतm गर्नुभयो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले विद्युतीय सवारी साधन चार्जिङ स्टेशन चाँडै अाैपचारिक रुपमा संचालनमा आउने बताउनुभयो । नगरपालिकाको महत्वपूर्ण योजनामा रहेको चार्जिङ स्टेशन संचालनको तयारीमा आफु रहेको उहाँले उल्लेख गर्नुभयो । यसका लागि मधेश प्रदेश सरकारसंग समन्वय गरिरहेको उहाँको भनाई छ । विद्युतीय ट्रन्सफर्मर राखिसकेकाले सम्भवतः एक महिना भित्रमा संचालनमा गरिने उहाँले बताउनुभयो । मधेश प्रदेशको नव प्रबर्दन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण भएको हो । चार्जिङ स्टेशनको चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला चौधरी, वडा अध्यक्ष जितेन्द्र चौधरी , ईन्जिनिय महेश वोहरा, अधिकृत मिश्रीलाल साह लगायतले निरिक्षण गर्नुभएको थियो । साे चार्जिङ स्टेशन पुर्व पश्चिम महेन्द्र राजमार्ग संगै जाेडिएकाे चादि पुल पारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here