चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरमा रहेको नेपाल बिधुत प्राधिकरणको सव स्टेशनमा केही बर्ष पछि ४० मेगावाट भन्दा बढी क्षमताको प्रसारण लाइन जोडिने भएको छ ।
सुपर तल्लो बागमती जलबिधुत आयोजना १३२ के.भी बिधुत प्रसारण लाइन निमार्ण भएपछि सो योजना रौतहटको चन्द्रनिगाहपुरमा रहेको नेपाल बिधुत प्राधिकरणको सव स्टेशनमा जोडिने भएको हो । यो योजनाको लागी बुधबार चन्द्रनिगाहपुरमा प्रारम्भिक वाताबरण परिक्षणको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त आयोजनाले बागमती प्रदेशको मकवानपुर जिल्लाको बागमती गाउपालिका वाड नं. ३,४,५र ७ वडा ,बकैया गाउपालिकाको वाड नं. १ र २ ,मधेश प्रदेश रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वाड नं.३ र ४ को भुभागलाइ प्रभाब पार्ने जनाइएको छ । उक्त आयोजनाको प्रस्ताबक श्री सुपर बागमती हाइड्रोपावर प्रा.लि रहेको छ भने परार्मशदातामा जेड कन्सन्ट प्रालि रहेको छ ।
आयोजनाको बारेमा सुपर बागमती हाइड्रोपावरका प्रतिनिधि कौशल तोर्लाङगी र बाताबरणको अबस्था बारे जेड कन्सल्ट प्रालिका सुजन प्रजापतीले जानकारी गराएका थिए ।
उक्त आयोजनाले रौतहटको ६ वटा सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रलाइ प्रभाबित पार्ने जनाइएको छ भने आयोजनाको निमार्ण स्थल देखी चन्द्रनिगाहपुर सम्म १७ हजार भन्दा बढी रुख कटान हुने कन्सल्ट प्रालिका सुजन प्रजापतिले जानकारी दिएका छन । उक्त योजना निमार्णको लागी ४६ करोड ६५ लाख ५२ हजार २ सय २ रुपैया लागत लाग्न सक्ने अनुमान गरेको उनले जानकारी दिए । निमार्ण स्थल देखी चन्द्रनिगाहपुर सम्म ३० किलोमिटर ७ सय मिटरको दुरीमा १०४ वटा टावर निमार्ण हुने समेत उनले जानकारी दिए ।
चन्द्रपु्र नगरपालिका वाड नं.४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ३ का वाड अध्यक्ष बोधनाथ देबकोटा,डिभिजन वन कार्यालयकी वन अधिकृत महालक्ष्मी शर्मा,सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहाल,नेकपा एमाले चन्द्रपुर नगरपालिका वाड नं. ४ का अध्यक्ष डोल बहादुर ठाडा मगर लगायतले आयोजना निमार्ण गर्नुभन्दा पहिला समाजलाइ पर्ने असर र आयोजना निमार्ण सम्पन्न गर्ने बारे सोचबिचार गरेर काम गर्न सुझाब दिएका थिए ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको जनचाहना सामुदायिक वन उपभोक्ता समुहको सभाकक्षमा सम्पन्न कार्यक्रममा बिभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष,पदाधिकारी,उपभोक्ता,सरोकारवालाहरुको उपस्थीती रहेको थियो ।






