चन्द्रपुर ४ मा जमिनको नाप नक्साको निस्सा बितरण

0
82

चन्द्रपुर – राष्ट्रिय भुमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिका वाड नं.४ ले जमिनको निस्सा बितरण कार्य शुरु गरेको छ । गत मिति २०८० असार ४ गते देखि भदौ ३० गते सम्म नाप नक्सा भैसकेको जग्गाको निस्सा बुधबारबाट बितरण गर्न शुरु गरेको हो । चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरले स्थानिय केदार बहादुर परियारलाइ प्रमाणिकरण गरेको फाइल हस्तान्तरण गरेका थिए । कार्यक्रममा वाड अध्यक्ष राना मगरले अब चाडै नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको समस्या समाधान हुने बताए ।
वाड कार्यालयमा ३सय ३७ जनाले अब्यबस्थीत बसोबास,१ सय २२ जना भुमीहिन सुकुम्बासी जना भुमीहिन दलित गरेर ४ सय ९९ जनाले निबेदन दिएका थिए । जस मध्ये २ सय ९८ अब्यबस्थीत बसोबास,१ सय ६ जना भुमिहिन सुकुम्बासी र १७ जना भुमीहिन दलितको जमिन नाप नक्सा भएको वाड अध्यक्ष रानाले जानकारी दिएका छन ।
चैत्र ७ गते देखी १४ गते सम्म टेकानटोल,१५ गते देखी १९ गते सम्म कप्तानटोल,२० गते देखी २३ गते सम्म युनिकटोल,२५ गते देखी २७ गते सम्म जंगलटोल र २८ गते देखी ३० गते सम्म शान्तिनगरटोलबाट निस्सा बितरण हुने वाड अध्यक्ष रानाले जानकारी दिएका छन । कार्यक्रममा वाड सदस्य,बिनोद सिटौला,प्रेमा तिमलसिना,भुमी आयोगका अमिन लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here