खुरकोटी सामुदायिक वनबाट ब्यापक काठ तस्करी

0
155

चन्द्रपुर,२४ साउन
रौतहटको एक सामुदायिक वनबाट ब्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ९ मा रहेको खुरकोटी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट ठुला ठुला सिसौको काठ तस्करी भएको भेटिएको हो । शुक्रबार बिहान वन गस्तीटोलीले तस्करी गरिरहेको अबस्थामा सो सामुदायिक वन क्षेत्रबाट सिसौको काठ बरामद गरेको छ ।
तस्करहरुले सामुदायिक वन क्षेत्रबाट काटेर ल्याउने क्रममा करिब ४०÷४५ क्युफिट ४ थान सिसौको गोलिया काठ शुक्रबार राती बरामद गरेको चेत नगर सव डिभिजन कार्यालयका प्रमुख ललन राउतले जानकारी दिनुभएको छ । काठ तस्कर फरार रहेको प्रमुख राउतले जानकारी दिनुभएको छ । काठ बोकेको ट्याक्टर भने समुदायको जिम्मा वन छाडेको छ ।
यता सोही सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शुभ नारायण चौधरीले आफनो वन क्षेत्रबाट काठ तस्करी भएको स्वीकारेका छन । स्थानिय युवाहरुले कृष्ण अष्टमी मेला मनाउने भन्दै काठ ल्याएको सुनेको अध्यक्ष चौधरीले बताउनु भयो ।
स्थानियले चेतनगरमा लगाउदै आएको कृष्ण अष्टमी मेलाको नाममा काठ काटेर बेच्न लगेको आरोप लगाएका छन । यस अघि पनि सो वन क्षेत्रबाट दैनिक जसो काठको तस्करी भइरहेको स्थानियले गुनासो गरे । वन क्षेत्रको जिम्मा पाएको सामुदायिक वनका सदस्यहरुले नै वनको संरक्षण गर्न चासो नदिएपछि दैनिक जसो तस्करी भइरहेको स्थानियको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here