चन्द्रपुर ४ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका २ फुलबारीका एक किसानको एउटै खोरमा ४ वटा गाई मरेका छन भने तिन वटा बाच्छाबाच्छी बिराम भएका छन ।
बुधबार बिहान स्थानिय यादब प्रसाद खरेलको गोठका ४ वटा गाई मरेको र ३ वटा बाच्छाबाच्छी बिरामी अबस्थामा भेटिएको हो ।
तिन वटा दुहुनो र एउटा गर्भबती गाई मरेको कृषक खरेलले जानकारी दिनुभएको छ ।
कृषक खरेलका अनुसार कसैले गाईले खाने कुँडोमा हिजो दिउँसो वा राती विष हालिदिएको र सो कुँडो खाइसकेपछि आज बुधबार बिहान गाईहरु मृत अवस्थामा पाइएको थियो ।
हिजो साझ गाईहरुले कुडो खान नमानेको र पिठो हालेर जवरजस्ती कुडो खुवाएको उहाले जानकारी दिनुभएको छ । हिजो दिउसो साझको लागी गोठमा पकाइराखेको कुडोमा कसैले विष हालिदिएको उहाँको अनुमान छ । ति गाईहरुको बिमा समेत नभएको उहाले जानकारी दिनुभएको छ






