एमाले निकट लोकतान्त्रीक माझी संघ रौतहट गठन

0
42

चन्द्रपुर – नेकपा एमाले निकट लोकतान्त्रीक माझी संघको रौतहट जिल्ला कार्य समिति गठन भएको छ । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको नेकपा एमाले पार्टी कार्यालयमा भएको भेलाले लोकतान्त्री माझी संघ गठन गरेको हो । तर्दस समितिको संयोजकमा सन्तबिर माझी रहेका छन । भेलाले ११ सदस्यी जिल्ला कमिटि गठन गरेको लोकतान्त्रीक आदीबासी महासंघका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज बिर बहादुर गोलेले जानकारी दिनुभएको छ ।
समितिको सदस्यहरुमा बम बहादुर माझी,होम बहादुर कुश्वार,दिपक कुश्वार ,रिता कुश्वार,बिष्णु कुश्वार,श्याम बहादुर माझी,ममता कुश्वार,लाल बहादुर माझी,अस्मीता कुश्वार र मोहन कुश्वार रहेको गोलेले जानकारी दिनुभएको छ ।
भेलामा भदौ ३० गते गुजरा नगरपालिका वाड नं. ३ सिम्रीमा बैठक बस्ने समेत निर्णय गरेको उहाले जानकारी दिनुभएको छ । लोकतान्त्रीक आदीबासी महासंघका केन्द्रिय सदस्य एवं नेकपा एमाले मधेश प्रदेशका सचिवालय सदस्य बिर बहादुर गोलेकै अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भेलामा मानब अधिकार एलाइन्स रौतहटका अध्यक्ष कृष्ण प्रसाद तिमलसिना,मदन भण्डारी फाउण्डेशन रौतहटका इन्चार्ज अमर आले,लोकतान्त्रीक तामाङ संघका केन्द्रिय कार्यवाहक अध्यक्ष खडग बहदुर बम्जन,एमाले नेता काजीमान माझी लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here