जन जागृती माबिका १ सय ८९ जना बिद्यार्थीलाई छात्रबृति प्रदान

0
132

चन्द्रपुर,१५ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ मा रहेको जन जागृती माबि सिन्धुरेघारीले आज आइतबार आफना बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ छात्रबृति प्रदान गरेको छ । चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलले सो बिद्यालयका १ सय ८९ जना बिद्यार्थीहरुलाई छात्रबृति बितरण गर्नुभएको हो ।
वल कक्षा देखी कक्षा ५ सम्मका १ सय ८९ जना दलित छात्र र ति कक्षाहरुमा अध्ययनगर्ने सम्पुर्ण बिद्यार्थीहरुलाइ प्रति बिद्यार्थी ४ सयको दरले छात्रबृति बितरण गरेको सो बिद्यालयका प्राचार्य शत्रुधन प्रसाद साहले जानकारी दिनुभएको छ ।
कार्यक्रममा छात्रबृती प्रदान गदै चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलले शिक्षाको स्तर बिकाश गर्न छात्रबृती बितरणले सहयोग पुगेको बताउनु भएको छ ।
बिद्यालयका सहायक प्रधानाध्यापक शम्भु प्रसाद हुमागाईं को अध्यक्षतामा भएको उक्त कार्यक्रममा वि ब्य स प्रतिनिधि सहित शिक्षकहरुको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here