सुटकेशमा महिलाको शव

0
107

गौर-रौतहटमा सुटकेश भित्र महिलाको शव भेटिएको छ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौरसिर्सिया सडक खण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राती छाडिएको एक वेवारिशे सुटकेसबाट एक महिलाको शव भेटिएको हो ।
प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने अनुमान छ ।
मृतक महिलाको अहिलेसम्म कुनै पहिचान नभइसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here