जमिनको बिवादमा कुटपिट हुदा रौतहटमा एकजनाको मृत्यु

0
268

रौतहट,२६ असोज
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सार्वजनिक जमिनको बिषयमा दुईपक्ष बिच बिवाद हुदा भएको कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।
आज आइतबार दिउसो फतुवा बिजयपुर नगरपालिका वार्ड नं. २ सितलपुरटोलमा रहेको सार्वजनिक जमिनको बिषयलाई लिएर भएको दुई पक्षिय कुटपिटमा सोही टोलका ६० बर्षिय शंकर साह बनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
कुटपिटबाट घाइते भएका बनियाको बारा स्थीत एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक गिरीले बताए ।
सोही गाउका ५० बर्षिय कपिलदेव यादव, ४० बर्षिय बिनोद यादव र ६० बर्षिय शंकर साह बनिया बिच जमिनको विषयलाई लिएर कुटपिट भएको उनले जानकारी दिए ।
झडपमा कपिलदेब यादबको ४० बर्षिय श्रीमती मिना देबी घाइते भएकी छिन । उनको बिरगंज स्थीत नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न बिनोद भन्ने हरदेब यादब,ब्रहमदेब यादब,सुरेश यादब फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी उपरिक्षक गिरीले बताएका छन । ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक सुरेन्द्र यादवको नेतृत्वमा घटनाको सम्बन्धमा अनुसन्धान तथा कुटपिट गर्ने फरार मानिसहरुको खोजतलाश भइरहेको समेत उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here