चन्द्रोदय साकोसद्धारा पौने २२ करोडको कारोबार

0
107

चन्द्रपुर,२५ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०८१÷०८२ सम्म पौने २२ करोड भन्दा बढीको कारोबार गरेको जनाएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा संस्थाको १७ साधरण सभामा संस्थाले गत आर्थिक बर्ष सम्म २१ करोड ७६ लाख ७८ हजार तिन सय २२ रुपैया बराबरको कारोबार भएको जानकारी गराइएको हो ।
गत आर्थिक बर्ष सम्म सो संस्थामा तिन हजार ६ सय ६४ जना शेयर सदस्य र ६ सय ७८ जना बाल सदस्य रहेको संस्थाको प्रगति प्रतिबेदनमा जनाइएको छ ।
संस्थाको उदघाटन संस्थाका जेष्ठ शेयर सदस्य ८३ बर्षिय टिका प्रसाद भट्टराईले बत्ती बालेर गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बसन्त कुमार आचार्यले संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०८१÷०८२ को बार्षि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष आचार्यले आफनो कार्यक्षेत्र भित्र रहेको चन्द्रपुर नगरपालिकाको १० वटै वार्डहरुमा सदस्य शिक्षा कार्यक्रम संचालन गरिने बताउनुभएको छ । समाजिक उत्तरदायत्व अन्र्तरगत स्वास्थ्य शिबिरहरु,रक्तदान लगायतका कार्यक्रमहरु तोकिएकै मितिमा गरिरहेको र आउने दिनहरुमा पनि गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।
यसैबिच अध्यक्ष आचार्यले आफनै स्वर्गिय आमा ईश्वरी देबी आचार्य स्मृती समाजिक पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । हरेक बर्षको फागुण १५ गते संस्थाको स्थापना दिवशको अबसर पारेर समाजिक क्षेत्रबाट विशेष योगदान पुराउनेहुने ब्यक्तीलाइ रु ५० हजार रकम बराबरको पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।
साधरण सभाका लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका सदस्य चन्द्रकला प्याकुरेलले बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन संस्थाका ब्यबस्थापकले प्रस्तुत गर्नुभएको थियो । साधरण सभामा स्वागत मन्तब्य संस्थाका बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका शिक्षा उपसमितिका सदस्य रामचन्द्र शिवाकोटीले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतमा सम्पन्न साधरण सभामा सचिब संजय साहले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रौतहट जिल्ला अध्यक्ष संजय कार्की,उपाध्यक्ष सुब्बा कार्की,नेपाल प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना,न्युज २४ रौतहट प्रतिनिधि बालबिक्रम कार्की प्राइम टेलिभिजनका रौतहट प्रतिनिधि सन्तोष काफ्ले, सुप्रीम एफएमका स्टेशन म्यानेजर मुकेश साह लगायतको आतिथ्यता रहेको थियो । सभामा वार्षिक रुपमा उत्कृष्ट कारोबार गर्ने मध्य छनोट गरि उत्कृष्ट दैनिक बचत कर्ता सदस्य,उत्कृष्ट कारोवारी सदस्य,उत्कृष्ट मासिक बचतकर्ता सदस्य तथा उत्कृष्ट बाल बचतकर्तालाई अध्यक्ष आचार्यले दोसल्ला ओढाइ,प्रशंसापत्र सहित सम्मान र अतिथिहरुलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो । सभामा १ हजार ५ सय ३९ जना सेयरधनी महानुभावहरुको उपस्थिति अध्यक्ष अचार्यले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here