चन्द्रपुर २ का वार्ड अध्यक्ष थिङले मागे मन्त्री घिसिङसंग बिकाशका योजना

0
299

चन्द्रपुर,२६ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नंं २ का वार्ड अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध)ले नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात, शहरी बिकाश एवं उर्जा मन्त्री कुलमान घिसिङसंग बिकाशका योजना माग गरेका छन । आज शुक्रबार दिउसो चन्द्रपुर ९ मर्धरमा आयोजित कार्यक्रममा सहभागि मन्त्री घिसिङलाइ वार्ड अध्यक्ष थिङले योजना माग गरेका हुन । आफुले शहरी बिकाश मन्त्रालय अन्र्तरगतबाट चन्द्रपुर न. पा. २ खानेपानी थप ट्याङ्गी तथा पाइप लाइनिङ १० करोड, चन्द्रपुर न.पा.२ मुल सडक नाला सहित सौन्दर्यकरण १० करोड माग गरेको वार्ड अध्यक्ष थिङले बताए ।
यसैगरी भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तरगत चन्द्रपुर न.पा.२ रिङ्गरोड हुदै मकवानपुर जोड्न बाटो २० करोड,चन्द्रपुर न.पा.२ चुरे करिडोर निमार्णको लागी २० करोडको योजना मागेको उनले जानकारी दिए । यस्तै ऊर्जा, जलस्रोत तथा सिचाइ अन्र्तरगत चन्द्रपुर न.पा. २ रिङ्गरोडमा २५०केभीको ट्रान्सफर्मर सहित विजुली व्यवस्थापन, चन्द्रपुर न.पा.२ भरी पोल तारको व्यवस्थापन ३०० थान,. वडाको विभिन्न ठाउँमा ट्रान्सफर्मर २५० केभीको को ५ थान र बागमती सिचाईबाट चन्द्रपुर वडा नं. १,२,३,४,६ मा सिचाईको व्यवस्थापन गर्न बहुवर्षिय योजना समावेश गर्नको लागी माग गरेको वार्ड अध्यक्ष थिङले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here