चन्द्रपुर,२६ मंसिर
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एक आपसमा ठोकिदा एकजना बृद्धको मृत्यु भएको छ ।
शुक्रबार बिहान चन्द्रपुर न.पा.४ स्थित पुर्ब–पश्चिम महेन्द्र राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पुर्बबाट पश्चिम तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ न.को ट्रकमा बिपरीत दिशा तर्फ आउदै गरेको बा ३ च ६१९३ न.को कार संग ठोकिदा एकजना बृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको निजगढ न.पा.३ सिगौल बस्ने वर्ष ७९ को भक्त बहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङले जानकारी दिनुभएको छ ।
कार बाराको निजगढबाट चन्द्रनिगाहपुर तर्फ आउदै थियो ।
र्दुघटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर ६ बस्ने डोरमणी सापकोटा घाइते भएका छन । उनहरुको चन्द्रनिगाहपुर स्थीत सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुर हेटौडा उ.म.न.पा.७ बस्ने ५३ बर्षिय श्याम बहादुर तितुङलाइ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक लाबुङले जानकारी दिनुभयो ।






