रौतहट क्षेत्र नं. ४ मा कांग्रेसको तर्फबाट तिमलसिनाको नाम सिफारिस

0
209

चन्द्रपुर,५ पुस
नेपाली कांग्रेसले रौतहट क्षेत्र नं. ४ को प्रनितिधि सभा निर्वाचनको लागी उमेदवारको नाम सिफारिस गरेको छ । कांग्रेसको क्षेत्र नं. ४ को क्षेत्रिय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ निर्बतमान संघिय संसद देव प्रसाद तिमलसिना सहित ३ जनाको नाम सिफारिस गरेको हो । समितिले प्रत्यक्ष तर्फ देब प्रसाद तिमलसिना,पवन कुमार राय यादब र मिसुन खातुनको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्रिय समितिका सभापति रामस्नेही यादबले जानकारी दिनुभएको छ ।
यसैगरी समानुपाति तर्फ सपुत बहादुर कार्की र गितामाया भारतीको नाम सिफारिस गरेको सभापति यादबले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको लागी ढोराइ चौधरी,रामकृष्ण चौधरी र लक्ष्मी बरालको नाम सिफारिस गरेको उहाले जानकारी दिनुभयो । यसैगरी रौतहट क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको लागी प्रत्यक्ष तर्फ मधेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादब, रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव सिफारिस भएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार बिभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकृपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको प्रचार बिभाग प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्यका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक÷खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको नेपाली कांग्रेसको रौतहट क्षेत्र नं. १ का क्षेत्रीय कार्य समितिका सभापति राम राय यादवद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here