चन्द्रपुर,४ पुस
सवारी र्दुघटना न्युनिकरण गर्ने उदेश्यले रौतहटमा आज शुक्रबार देखी “सडक दुर्घटना बिरुद्ध युवा–२०८२” कार्ययोजना अन्तर्गत सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आज शुक्रबार देखी रौतहटको चन्द्रनिगाहपुरबाट उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराबाट तयार गरि तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाबाट स्वीकृत गरिएको “सडक दुर्घटना बिरुद्ध युवा–२०८२” कार्ययोजना अन्तर्गत आजबाट बिभिन्न सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ट्राफिक प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभएको छ ।
कार्ययोजना अनुसार रौतहट जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलदेखि बाराको सिमाना धन्सार पुलसम्म तथा चन्द्रनिगाहपुर–गौर सडकखण्डमा दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक बोर्डहरू स्थापना गरिएको ट्राफिक प्रहरी निरिक्षक थापामगरले जानकारी दिनुभयो । महालक्ष्मी पेन्ट उद्योग, काठमाडौंको सहकार्यमा प्राप्त ट्राफिक सडक सामग्री अन्तर्गत १८ थान सचेतनामूलक बोर्ड सडक छेउछाउमा जडान गरिएको उहाले बताउनु भयो । सवारी र्दुघटना न्युनिकरणको लागी बिभिन्न बिद्यालय,कलेजहरुमा समेत सचेतनामुलक कार्यक्रमहरु गरिने प्रहरी निरिक्षक थापा मगरले बताउनु भएको छ ।सवारी र्दुघटना न्युनिकरण गर्ने उदेश्यले सचेतनामूलक बोर्ड स्थापना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएको छ । बढदो सवारी साधन र्दुघटनालाइ न्युनिकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने प्रहरी उपरिक्षक सिलवालले बताउनु भयो ।
प्रहरी उपरीक्षक सिलवालले सडक दुर्घटना न्यूनीकरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै यस अभियानले सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति कम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उहाको भनाइ थियो ।
यसै कार्यक्रम मार्फत “सडक दुर्घटना बिरुद्ध युवा–२०८२” कार्ययोजनाको औपचारिक शुरुवात गरिएको उहाले जानकारी दिनुभएको छ । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, रौतहटका कार्यालय प्रमुख राजेन्द्र थापा मगर, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शिव पुरी,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमलसिना,प्रेस चौतारी नेपालका रौतहट जिल्ला अध्यक्ष अशोक कुमार पहाडी,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की लगायत स्थानीय भद्रभलादमी तथा युवा वर्गको सहभागिता रहेको थियो ।
Home मुख्य समाचार सवारी र्दुघटना न्युनिकरण गर्न “सडक दुर्घटना बिरुद्ध युवा–२०८२” कार्यक्रमको शुभारम्भ






