रौतहट,५ पुस
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादबको नाम रौतहट क्षेत्र नं. १ को लागी नेपाली कांग्रेसबाट प्रत्यक्ष उमेदवारको लागी सिफारिस गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटको क्षेत्र नं. १ बाट मुख्यमन्त्री यादब सहित चार जना उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकको निर्णयअनुसार जिल्ला कार्य समितिलाई पठाइएको सिफारिस पत्रमा प्रत्यक्ष तर्फ मुख्यमन्त्री यादब, रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव सिफारिस भएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार बिभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकृपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको प्रचार बिभाग प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्यका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक÷खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको नेपाली कांग्रेसको रौतहट क्षेत्र नं. १ का क्षेत्रीय कार्य समितिका सभापति राम राय यादवद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।






