चन्द्रपुर सुनचाँदी व्यवसायी संघको ५ औ वार्षिक साधारण सभा सम्पन्न

0
121

चन्द्रपुर,१३ माघ
रौतहटको चन्द्रपुर सुनचाँदी व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम चन्द्रपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
आज मंगलबार चन्द्रनिगाहपुरमा भएको उक्त साधरण सभाको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले उदघाटन गर्नुभएको थियो ।
साधरणसभामा नगर प्रमुख काफ्लेले सुनचादी ब्यबसायले धेरै युवाहरुलाइ रोजगारी दिएको बताउनुभएको छ । सुनचादी ब्यबसायमा कार्यरत युवाहरुलाइ सो निमार्ण सम्बन्धी तालिम दिनको लागी नगरपालिले १० लाख रुपैया सहयोग गर्ने समेत नगर प्रमुख काफ्लेले बताउनुभएको छ । नगरप्रमुख काफ्लेले स्थानीय व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाले सहकार्य गर्दै आएको उल्लेख गर्दै सुनचाँदी व्यवसायीहरूको भूमिका अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाले पारदर्शी कारोबार र उपभोक्ता विश्वास कायम राख्दै अघि बढ्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा चन्द्रपुर सुनचादी ब्यबसायी संघका संरक्षक प्रकाश गहतराजले सुनचादी ब्यबसायबाट धेरैले रोजगार पाएको बताउनुभयो । यस ब्यबसायमा कार्यरत युवाहरु बिस्तारै पलायन हुदैगएको प्रति संरक्षक गहतराजले चिन्ता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कुमार कार्की,चन्द्रपुर उद्योग बाणिज्य संघका सचिब अबधेशहरी भट्टराई,चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त कुमार आचार्य,चन्द्रनिगाहपुर सिटि जेसीसका अध्यक्ष देबराज न्यौपाने,होटल ब्यबसायी संघ रौतहटका अध्यक्ष शिवराम राउत,पत्रकार सन्तोष काफ्ले लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा चन्द्रपुर सुनचादी ब्यबसायी संघका अध्यक्ष प्रह्लाद रामदामले एक बर्षभरी संस्थाले गरेको गतिबिधि र प्रगति बिबरण जानकारी गराउनुभएको थियो । अध्यक्ष रामदामले व्यवसायीहरूको समस्या, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै संगठनलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यसैबिच सोही कार्यक्रममा चन्द्रनिगाहपुर सिटि जेसिसको नव निर्वाचित पदाधिकारीहरुलाइ सम्मान गरिएको छ । चन्द्रनिगाहपुर सिटि जेसिसका अध्यक्ष देबराज न्यौपाने लगायतको टिमलाइ चन्द्रपुर नगरपालिका नगर प्रमुख संजय कुमार काफ्ले,चन्द्रपुर सुनचादी ब्यबसायी संघका संरक्षक प्रकाश गहतराज,अध्यक्ष प्रह्लाद रामदामले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । कार्यक्रममा चन्द्रपुर नगर क्षेत्रभरीका सुनचादी ब्यबसायीहरुको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here