एमालेका उमेदवार साह चुरे क्षेत्रका मतदाताहरुसंगको भेटघाटमा

0
238

चन्द्रपुर,१३ माघ
रौतहट क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यको लागी नेकपा एमालेबाट उमेदवारी दिनुभएका रामजी साहले आफनो क्षेत्रको उत्तरी भेग चुरेक्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएको छ ।
उमेदवार साहले आज मंगलबार चन्द्रपुर नगरपालिका वार्ड नं. २ को हिलेखोला क्षेत्रका मतदाताहरुलाइ भेटनुभएको हो । भेटमा मतदाताहरुले आफुलाइ हौसला दिनुभएको उमेदवार साहले बताउनुभएको छ । मतदाताहरुले श्रदापुर्वक स्वागत तथा सम्मान गरेको उमेदवार साहले बताउनुभयो । नेकपा एमाले पार्टी गरिब तथा बिपन्न जनताको पार्टी भएको हुदा ति जनताहरुको आवाज सदन सम्म पुराउने लक्ष्य अनुसार नै गाउटोलका नागरिकहरु संग भेटघाट कार्यक्रमलाइ तिब्रता दिएको समेत उहाँले बताउनुभयो । जनताको पार्टी भनेकै एमाले भएको हुदा जनताको मर्म र धर्मलाइ आफुले राम्रो संग बुझेको समेत साहको भनाइ थियो । भेटघाट कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य आरती भण्डारी, प्रदेश कमिटि सदस्य बिर बहादुर गोले,नेकपा एमालेका अग्रज नेता खडग बहादुर तामाङ, नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य, जिल्ला कमिटि सदस्य शम्भु खडका,एमाले नेता गोपाल जिम्बा लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here