चन्द्रपुर,१४ माघ
रौतहट क्षेत्र नं. ४ को लागी जनता समाजबादी पार्टी नेपालका उमेदवार राजकुमार दास अहिले चुनाबी मैदानमा छन । सो पार्टीका युवा नेताको रुपमा परिचित दास मतदाताहरुलाइ भेटनको लागी घरघरमा पुगिरहेका छन ।
जेन्जी आन्दोलनको मर्म अनुसार पार्टीले आफुलाइ उमेदवार बनाएको दासले बताउनु भयो । लामो समय देखी मधेशवादी पार्टीमा सक्रिय दासले आम जनताको माया र सदभाबले हौसला बढिरहेको प्रक्रिया दिनु भएको छ ।
युवा नेता दास अहिले आफनो क्षेत्रको गरुडा,बृन्दावन,गढीमाइ नगरपालिकाको बिभिन्न वार्डहरुमा गएर मतदाताहरुलाइ भेटिरहेका छन । मतदाताहरुको भेटमा सकरात्मक सुझाब र सल्लाह पाएको समेत उहाले बताउनु भयो ।
रौतहट क्षेत्र नं. ४ मा नेकपा एमालेको तर्फबाट रामजी साह,कांग्रेसको तर्फबाट देब प्रसाद तिमलसिना,नेकपाको तर्फबाट रामकुमार भट्टराई,रास्वपाको तर्फबाट गणेश पौडेल,उज्यालो पार्टीबाट तुलसी गिरी लगायतले उमेदवारी दर्ता गराउनुभएको छ ।
यस क्षेत्रमा पुरुष ५८ हजार ८ सय ३६ र महिला ५१ हजार ४ सय ७८ जना सहित एक लाख १० हजार ३ सय १४ जना मतदाता छन । यस क्षेत्रमा चन्द्रपुर,बृन्दावन,गढीमाइको र गरुडा नगरपालिकाको ३० वटा वार्डहरु पर्दछन भने ६१ वटा मतदानस्थल र १ सय ३४ वटा मतदान केन्द्र रहेका छन ।






