एमाले उमेदवार साहलाइ ‘हलोजुवा र डोको’ उपहार

0
197

चन्द्रपुर,२९ माघ
आसन्न फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्यका रौतहटका उमेदवारहरुले मतदाताहरुलाइ भेटने कार्य तिब्र बनाएका छन । मतदाता भेटघाट गर्ने क्रममा रौतहटको क्षेत्र नं. ४ अन्र्तरगतको चन्द्रपुर—२ फुलवारीका मतदाताहरुले उमेदवारलाइ हलोजुवा र डोको उपहार दिएका छन ।
नेकपा एमाले रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार रामजी साहलाई फुलबारीका स्थानीयवासीले परम्परागत कृषि औजार हलोजुवा र डोको उपहारस्वरूप प्रदान गरेका हुन् ।
एमाले गरिब तथा किसानको सुख–दुःखमा साथ दिने पार्टी भएकाले किसान जीवनसँग जोडिएका प्रतीकात्मक सामग्री उपहार दिइएको स्थानिय मतदाता लालीमाया बलले बताउनुभयो ।
मतदाता बलले भन्नुभयो “हाम्रो जीवन हलोजुवा र डोकोमै अडिएको छ, त्यसैले जनताको नेता पनि त्यही माटो र पसिनासँग जोडिएको हुनुपर्छ,”।
उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास र जग्गाधनी पुर्जा वितरणजस्ता दीर्घकालीन समस्याको शीघ्र समाधान गर्न आग्रह गर्नुभएको थियो ।
यहाका नागरिकहरुको भुमीको ठुलो समस्या छ त्यस तर्फ उमेदवारको ध्यान दिन अति जरुरी रहेको बलले बताउनुभयो ।
स्थानिय मतदाताहरुले निर्वाचित भए यस्ता आधारभूत समस्यालाई प्राथमिकतामा राख्न उम्मेदवार साहसँग अपिल गर्नुभएको छ । उम्मेदवार साहले जनताको भावना र विश्वासलाई सम्मान गर्दै किसान र विपन्न वर्गको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै सोही क्षेत्रका आम जनता पार्टीका उमेदवार ऋषि धमलाले सोही गाउका मतदाता भेटने क्रममा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जुडिबेलाको अपुरो बाटो समेत निमार्ण गर्ने उमेदवार धमलाले मतदाताहरुसंग बाचा गर्नुभएको छ । रौतहट क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको तर्फबाट देब प्रसाद तिमलसिना,नेकपाबाट रामकुमार भट्टराई,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गणेश पौडेल लगायतले उमेदवारी दर्ता गराएर मतदाताहरुसंग भेटघाटमा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here