Wednesday, May 29, 2024

मकवानपुरमा थप ३४ जनामा संक्रमण पुष्टि

ताजा / भरखरै प्राप्त

हेटौंडा-मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरेर ८३ जनामा गरिएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा २८ जना हेटौंडा उपमहानगरपालिका भित्रका, ४ जना थाहा नगरपालिकाका,बागमती र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।

यसैगरि, आज थप ११८ जनाले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल २ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles