Thursday, April 25, 2024

नेपालीकांग्रेस मकवानपुरको जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचन पछि गरौँ-कार्यबाहक सभापति लामिछाने

ताजा / भरखरै प्राप्त

हेटौँडा-नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थानीय निर्वाचन पछि गर्ने सहमतिको लागि आग्रह गरेका छन् ।

स्थानीय निर्वाचनको मिति नजिकै आईरहेको सन्र्दभमा सिंगो पार्टी अब निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै उनले सकेसम्म स्थानीय तहको निर्वाचन पछि मात्र जिल्ला अधिवेशन गर्नको लागि उनले आग्रह गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गर्दै उनले सहमति भएको अवस्थामा आफु अब हुने अधिवेशनमा सभापतिको लागि तयार रहेको समेत बताए । उनले भने ‘साथिहरु सबैले सहयोग गर्ने हो भने म जिल्ला सभापति हाक्न तयार छु ।’

कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज औपचारिक रुपमा पदभाग ग्रहण गरेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles