ट्रक सहित १ सय ५० क्युफिट अबैध काठ बरामद

0
473

चन्द्रपुर – डिभिजन वन कार्याल रौतहटले र्राैतहटको महेन्द्रराजमार्ग अन्र्तरगत चादी पुलबाट १ सय ५० क्युफिट अबैध काठ बरामद गरेको छ । डिभिजन वन कार्यालयको वन गस्ती टोलीले सोमबार राती सो अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको हो। डिभिजन वन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो । चन्द्रपुर नगरपालिका २ जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५० क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले बताएका छन । उक्त पुरानो घरको काठ साह थरका एक ब्यपारीले लिएर जादै गरेको स्थानियले जानकारी दिएका छन । जुडिबेलाबाट बिगतका दिनहरुमा पुरानो घरको काठ डिभिजन वन कार्यालयको अनुमति नलिइकन जिल्लाको बिभिन्न भागमा जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here