गरुडा – रौतहट क्षेत्रनं ४ को ख निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका रवी जयसवालले यो क्षेत्रका मतदाता आफुलाई मतदान गर्न आतुर रहेको बताएकाछन् ।
एमाले छाडेर प्रभु साहको स्वतन्त्र समुहबाट उम्मेदवारी दर्ता गराएका व्यापारी जयसवालले जिप चुनाव चिन्ह् पाएका छन् । उनी यतीबेला जिप चुनाव चिन्ह् लिएर गठबन्धनका उम्मेदवारलाई टक्कर दिने हिसावले मैदानमा उत्रेकाछन् ।
घरदैलोमा व्यस्त रहेका जयसवालले मतदाता आफ्नो चुनाव चिन्ह् जिप छापमा मतदान गर्न आतुर रहेको बताए । उनले आफ्नो उम्मेदवारीले गठबन्धनका उम्मेदवारमै हलचल पैदा भएको बताउदै यो क्षेत्रमा आफ्नो जितलाई कसैले रोक्न नसक्ने दावी गरेकाछन् । गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालका कान्छा छोरा रवी जयसवाल रौतहटका जानेमाने व्यापारीका रुपमा परिचत रहेकाछन् ।
आफु युवा रहेको र आफुले चुनाव जितेपछि युवाको विकास र युवालाई रोजगारी दिलाउन कम्मर कसेर लाग्ने बताएकाछन् ।
मतदाताको घरदैलोमा आफु पुग्दा आफुले मतदाताको अपार माया“ र स्नेह पाएकाले समेत यस पटक आफुले प्रदेशसभा सदस्यमा जित हात पार्ने जयसवालको भनाइ रहेको छ । सो क्षेत्रमा एमाले र जसपा गठबन्धनका उमेदवार अब्दुल कलाम आजाद र सत्ताधारी गठबन्धनका शेख सतारले उमेदवारी दिएका छन ।