रौतहट – रौतहटको क्षेत्र नम्बर ३ को निर्वाचन रोचक बन्दै गएको छ । एमाले पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्रमा उमेदवारी दिएका प्रभु साहलाइ नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति जितेन्द्र यादबले कडा चुनौति दिदै आएका छन । रौतहट क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्यका उमेदवार समेत रहेका जिल्ला सभापति यादबले संघिय संसदको उमेदवारमा स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवाललाइ साथसाथै लिएर निर्वाचन प्रचार प्रसार गरिरहेका छन । सत्ता गठबन्धनले प्रभु साहलाइ समर्थन गर्ने सहमती गरेपनि यादब अहिले संघिय संसदका स्वतन्त्र उमेदवार जयसवाललाइ लिएर दलबल सहित घरदैलो गरिहेका छन । यो निर्वाचनमा कुनै पनि हालतमा प्रभु साहलाइ हराउने अभियानमा रहेको सभापति यादबले बताए । जातको राजतिनिक गर्ने र बिकाशको नाममा भ्रष्टचार गर्ने साहलाइ यस क्षेत्रका जनताले यस निर्वाचनबाट बिदाइ गर्ने यादबले बताएका छन । साहलाइ जनताले राम्रो संग चिनिसकेको कारण पनि यस निर्वाचनबाट उनको पत्तासाफ हुने सभापति यादबले बताए । स्वतन्त्र उमेदवार जयसवाललाइ कांग्रेस सभापति यादबको मात्रै हैन सत्ता गठबन्धनका क प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादवको पनि समर्थन रहेको छ । तिनै जना एक साथ संयुक्त ब्यानर बनाएर जनलहर सहित घरदैलो गरिरहेका छन । जबरजस्ती बिचार लादने प्रबृतिका साहको बिदाइ अनिबार्य रहेको राज्यमन्त्री यादबले बताएका छन । यता नेकपा माओबादी केन्द्रका उमेदवार धिरज पटेलपनि चुनाब प्रचार प्रसारलाइ ब्यापकता दिएका छन । पार्टीका अध्यक्ष प्रचण्डले प्रभु साहलाइ सर्मथन गरेको भएता पनि उनले आफनो उमेदवारी फिर्ता नहुने बताउदै आएका छन । पटेलको पक्षमा माओबादी केन्द्रका पुर्व अध्यक्ष बिन्देश्वर यादब,माओबादी नेता नसरुदिन मिया लगायतको समर्थन पाएका छन । साहको चुनाबी कार्यक्रममा नेकपा माओबादीकी प्रदेश सदस्य देबकी नेपाल,केन्द्रिय सदस्य वहिद अंसारीले गएर भाषण गर्दै आएका छन ।