रौतहट,२३ कार्तिक ,रौतहट क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार बदरुदिन अरमानभाइले आफनो प्रतिबद्धता पत्रमा आफनो क्षेत्रका नागरिकहरुलाइ आर्थिक स्तर बृद्धि गर्नेलाइ उच्च प्राथामिकता दिएका छन । गुजरा नगरपालिका वाड नं. ५ निवासी स्वतन्त्र उमेदवार अरमानभाइले कृषकहरुको आर्थिक अबस्थालाइ सुधार गर्ने लक्ष्यका साथ प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
आफनो क्षेत्र क मा गुजरा नगरपालिकाको ९ वटा वाड, फतुवा बिजयपुर नगरपालिको ११ वटा वाड र कटहरिया नगरपालिको १ वटा वाड गरी २१ वाडका किसानहरु लक्षित योजना बनाएको स्वतन्त्र उमेदवार अरमानभाइले बताए ।
प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार अरमानभाइले खास गरी ७ वटा पकेट क्षेत्रको रुपमा बिकाश गर्ने लक्ष्य आफनो प्रतिबद्धता पत्रमा राखेका छन ।
आफुले यो निर्वाचन जितीसकेपछि गुजरा नगरपालिका अन्र्तरगत जंगल क्षेत्रका गाउँहरू कोठियार मेरा, धौचा सिम्रि, बलुवा, गुटवा र भैसही गाउँहरुलाई बाख्रा पकेट क्षेत्रको रुपमा प्रवेश सरकारबाट घोषणा गराउने र सोही अनुसारको बिकाश गर्ने उनको योजना छ ।
त्यसैगरी फतुवा बिजयपुर नगरपालिकाको गाउँहरु सितलपुर मेवा टेङ्गहा, गैरगनिया र सन्तपुर गाउँहरुलाई माछा पकेट क्षेत्र बनाएर स्थानिय कृषक दाजुभाइहरुको आय स्तरमा बृद्धि गर्ने उनले बताए ।
यस्तै सोही नगरपालिका कै दुधियावा, राङ्गी कटानी, हिमाली पास, पेटभरवा, जगंलसैया, पोखरीना खुसुकपुरलाई दुध उत्पादनको पकटे क्षेत्र बनाएर बिकाश गर्ने स्वतन्त्र उमेदवार अरमानभाइ बताउछन ।
यसैगरी फतुवा बिजयपुर नगरपालिकको गर्जा र गुजरा नगरपालिकाको कनकपुर, लछमीपुर, रंगपुर मनहरवा, परसवा, भवानीपुर, पल्टुल, खतवहीया, दयालपुर अमतावा, बेदैली जयराजपुर, सिमरा जुगौलिया, पिपरा गाउँलाई धान उत्पादनको पकेट क्षेत्र बनाइ स्थानिय किसानहरुको आय स्तरमा बृद्धि गर्ने अरमानभाइले प्रतिबद्धता पत्रमा जनाएका छन ।
त्यसैगरी बिजयपुर, लक्ष्मीनिया, बडहरवा, अकबनवा, फतुवा, हरिहरपुर ईस्लामपुर र बुनीयाद गाउँमा मकै उत्पादन बढी हुने भएको हुदा सो क्षेत्रलाइ मकै उत्पादन पकेट क्षेत्र बनाएर किसानको आय स्तर बढाउने उनी बताउछन ।
धेरै तरकारी उत्पादन हुने भसेडवा, खोर, झौवा, पिपरा, रामदासी, खैरा गाउँहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा बिकाश गर्ने लक्ष्य रहेको स्वतन्त्र उमेदवार अरमानभाइले बताएका छन ।
यसका साथै किसानहरुलाई बेलैमा मल र बिज उपलब्ध गराउन हरदम पहलकदमी गर्ने,सिपमुलक तालिमको व्यवस्था गरी युवासाथीहरुलाई रोजगारीको व्यवस्था,समाजमा रहेको सबै खाले विभेद र छुवाछुतको अन्त गर्ने, आधुनिक स्वच्छ हराभरा शहर र बस्ती निर्माण कार्यमा हरदम अगाडी सर्ने उनले बताए ।
उनी अहिले घरदैलो अभियानमा सक्रिय भएर लागेका छन ।
सो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव,नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार पुजा चौधरी,प्रभु साह प्यानलका स्वतन्त्र उमेदवार केशब राय लगायतकाहरु प्रदेश सभा सदस्यको लागी निर्वाचनमा होमिएका छन ।