बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

0
1296

सर्लाही – विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३ को क प्रदेश सभा संसदीय क्षेत्रमा एमालेले १५ सय भन्दा वढी विभिन्न पार्टीका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएको दावी गरेको छ ।
वुधवार वागमती नगरपालिका वार्ड नम्वर २ सानो डावरीवाट ५ सय भन्दा सख्यामा नेकपा माओवादी केन्द्र परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको चुनाव परिचालन मुल समितीका संयोजक चूडामणि वाग्लेले वताउनुभयो ।
प्रदेश क का उम्मेदवार गणेश प्रसाइले माओवादीका प्रभावशाली युवाहरु संचमान डिम्डुङ र कृष्ण डिम्डुङको नेतृत्वमा रहेको ठुलो समुहलाई टिका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
वागमतीमा निरन्तर शक्तिको आडमा माओवादीले चुनाव चितेको र अव ठुलो शक्ती एमालेमा आएपछि त्यहा शक्ति सन्तुलन एमालेको पक्षमा जाने दावी गरिएको छ ।
नेकपा एकिकृत समाजवादीवाट पनि ठुलो सख्यामा नेकपा एमालेमा फर्किएको एमालेको दावी छ । एकीकृत समाजवादीका जिल्ला सल्लाहकार संयोजक अमर वहादुर तामाङको नेतृत्वमा ३ सय जना नेता कार्यकर्ता एउटै वडावाट एमालेमा प्रदेश गरेका छन । त्यो वार्ड एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको घर भएको स्थान हो । गत स्थानीय निर्वाचनमा न्युन मत ल्याएको एमालेले अव वार्डमा आफ्नो पहिलो मत हुने दावी गरेको छ ।
यस्तै समाजवादीका सचिवालय सदस्यहरु रामाशंकर चौधरी, दिनेश राय, वेद प्रसाद खतिवडा, टेक वहादुर पाख्रिन, कमल घिमिरे, मेघ वहादुर कटुवाल, निर्वाचित वार्ड सदस्य तिलक बल लगायत पाँँच सय भन्दा वढी यस क्षेत्रका नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएको एमालेको दावी छ । एकीकृत समाजवादीवाट नेकपा एमालेमा फर्किएका चूडामणि वाग्लेलाई नै एमालेले क्षेत्रिय अध्यक्ष र प्रदेश क को निर्बाचन परिचालन मुल समितिको संयोजक बनाएको थियो ।
यस पहिले पनि नेकपा माओवादी केन्द्रवाट इन्दल महतो,यादब गौतम लगाएतका स्थानीय नेता आएका पार्टीको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here