चन्द्रपुर – नेपाली काँग्रेसबाट रौतहट क्षेत्रनं ४ को संघिय सांसदका उम्मेदवार देव प्रसाद तिमलसिनाले यो क्षेत्रका जनताले फेरी एक पटक आफैलाई जिताउने दावी गरेकाछन् । आज घरदैलो कार्यक्रम अन्र्तगत चन्द्रपुर नगरपालिकाको बिभिन्न वडामा पुगेका तिमलसिनाले जनता आफ्नो पक्षमा मत दिन आतुर रहेको बताएकाछन् ।
घरदैलो कार्यक्रममा तिमलसिनाले कांग्रेस, माओवादी र लोसपाको गठबन्धनका कारण आफूले चुनाव जित्नेमा ढुक्क रहेको तिमल्सिनाले बताए । म इतिहास दोहो¥याउने पक्षमा छु । जनताले साथ दिएका छन्, उनले भने, २०७४ सालमा जितेपछि मैले यस क्षेत्रमा धेरै काम गरेको छु । जनताले मूल्यांकन गर्नेछन्न । अधुरा काम पुरा गर्नका लागि पनि यो क्षेत्रका मतदाताले आफ्नो पक्षमा मतदान गर्ने तिमलसिनाको दावी छ ।