स्वतन्त्र युवा उमेदवार रबि सक्रिय बन्दै

0
504

रौतहटको निर्वाचन क्षेत्र न.४ को (ख) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार रवि जयसवालले चुनाव प्रचार–प्रसारलाई तीब्ररुपमा अगाडी वढाएको छ ।चुनाव नजिकिदै गर्दा आफ्नो चुनावी गतिविधिलाई पनि अगाडी वढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा नदिए पनि उनले घरदैलो कार्यक्रममा मतदाता शिक्षा समेत दिदैछन् ।युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई क्षेत्रबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना क्षेत्रका रूपमा विकास गर्न आफू तयार रहेको उनले बताए । घरदैलो तथा जनभेटघाट कार्यक्रममा जिप छाप लिएर चुनाबमा होमिएका बिधायकका स्वतन्त्र उम्मेदवार रविले जनताका समस्या गुनासो सुन्ने काम भैरहेकाले निर्वाचित भएपछि सोहि अनुसार काम गरिने बताए । उनको अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको छ । उनले भने ‘मतदाता उत्साहीत छन, हामी जित्छौ ।’ घरदैलो अभियान मा मतदाताले पाँचबर्षे कार्यकालमा शिक्षा,स्वास्थ्य र कृषिमा क्रान्ती ल्याई क्षेत्रमा बिकासको अनुभुती हुने खाले बिकास खोजिरहेको उनले सुनाए । यसको लागी आफ्नो जित अपरिहार्य रहेको उनी भन्छन ।आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउनुको साथै भौतिक विकासलाई पनि सँगै लिएर जाने भएकोले यस क्षेत्रको लागी आफ्नो जित अति–आवश्यक रहेको उनले दाबी गर्छन ।
महिलालाई रोजगारीको लागि शिपमुलक तालिमको ब्यवस्था,स्थानीय स्तरमा रोजगारी सिर्जना गरी बेरोजगारी हटाउने योजना रहेको रविले भने ।
क्षेत्रमा देखिएको विकासको बेथिति हटाएर भौतिक पुर्वाधार निर्माण लगायत विकासको माध्यमले क्षेत्र न.४(ख) लाई समृद्ध क्षेत्र बनाउने रविले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here