म प्रति मतदाताहरुको विश्वास छ — प्रदेश सभा सदस्य उमेदवार श्रेष्ठ

0
503

चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ (क) का कलम छापका प्रदेश सभा सदस्य उम्मेदवार बालकृष्ण श्रेष्ठले गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो प्रमुुख जिम्मेवारी रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले आफ्नो प्रतिबद्धता मार्फत जनहितकारी ऐन, कानून बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गराउने उल्लेख गरेका हुन् । विभिन्न क्षेत्रमा भइरहेको अनियमितता, ढिलासुस्ती, कमिशनखोरी र भ्रष्टाचार बिरुद्ध सशक्त संघर्ष गर्दै सुशासन कायम गर्ने, आम जनताको सहभागितामा आवश्यक भौतिक पूर्वाधारका योजनाहरु छनौट गरी विकास निर्माणका कामलाई पारदर्शी, गुणस्तरयुक्त र दीगो रुपमा सम्पन्न गर्ने श्रेष्ठको प्रतिबद्धता छ । धार्मिक पर्यटकीय स्थलहरुको सम्बर्द्धनका साथै कृषि, वन, नदी जस्ता प्राकृतिक श्रोतको उचित व्यवस्थापन र होटल व्यवसायको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने, नयाँ प्रविधिको प्रयोग गरी कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै बजारीकरणको उचित प्रवन्ध मिलाउने उनले उल्लेख गरे । नदी तथा वन जस्ता प्राकृतिक श्रोतमाथिको अतिक्रमण रोकी स्थानीय समुदायको अनुकुल हुने गरी बैज्ञानिक व्यवस्थापन गर्ने, खेलकुद क्षेत्रको विकास गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा जोड दिने, सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उनले बताए । सबै धर्म जाति र समुदायको दाहसंस्कार र समाधिस्थल निर्माणका लागि पहल गर्ने र युवा, महिला, दलित र विपन्नलाई लक्षित गरी उद्यमशीलता, व्यवसायिक सीप तथा प्रविधि हस्तान्तरण र सहुलियत पूँजीको लगानी मार्फत स्वरोजगारको अवसर सिर्जना गर्ने कलम छापका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here