चन्द्रपुर – नेपाली कांग्रेसका पुराना नेता लगायतकाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । शनिरबार जुडिबेलामा एक कार्यक्रम आयोजना गरी नेपाली कांग्रेसका पुराना नेता राम लखन चौधरीको नेतृत्वमा १० जना नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाइ नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार उद्धब प्रसाद रेग्मीले माला लगाएर स्वागत गरेका थिए ।
नेकपा एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका नेता राम लखन चौधरी,दिवाकर चौधरी, मिन किशोर चौधरी, राम प्रसाद चौधरी,साबित्रा चौधरी,चन्द्र किशोर चौधरी,बिनोद राम, सत्य नारायण राम र गिता मण्डल रहेको नेकपा एमाले चन्द्रपुर वाड नम्बर २ का वाड कमिटि अध्यक्ष शम्भु खडकाले जानकारी दिएका छन । राम लखन चौधरी २०५६ सालको स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट जुडिबेला गाबिस वाड नं. ७ को वाड अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।
यसैगरी चन्द्रपुर नगरपालिका वाड नम्बर ५ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा युवा नेता नुरराज काफले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । काफलेलाइ नेकपा एमाले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार रेग्मीले नै स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरी,पार्टीका मधेश प्रदेश उपसचिब आरती भण्डारी,एमाले नेता राजु धामी लगायत नेताहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।