राप्रपाका उमेदवार खुलाललाइ घरदैलोमा भ्यानभ्याइ

0
746

चन्द्रपुर – प्रजातन्त्रको प्रत्याभूति दिन सुशासन जनसेवा मुल लक्ष्य बोकेर राष्ट्रिय प्रजातन्न्र पार्टीका रौतहट क्षेत्र नं. ४ (१) का का उम्मेद्वार लाल बहादुर खुलाल ( रघु )लाइ अहिले घरदैलो गर्न भ्याइ नभ्याइ छ । नागरिकहरु संग भेटघाट गर्दै खुलालले नागरिकको भावना र आकांक्षाको कदर गर्दै यस क्षेत्रका विद्धत व्यक्तित्व, विकाससँग सम्बन्धित सरोकारवालाहरुको सुझाव र सहमति बाट बिकासको गति लाई बढाउने बताएका छन ।उम्मेदवार खुलालले दृढ संकल्पका साथ आगामी १० वर्षभित्रमा गरिव विपन्न वर्गका मानिसहरुलाई आत्मनिर्भर बनाउने, यस क्षेत्रको नगरवासीको जीवन, सुख र सम्पन्नताको लागि आफु प्रतिवद्ध रहेको समेत बताएका छन ।निर्वाचित भएको ३ महिना भित्रमा प्रत्येक वडामा गई वडावासीसँगको विकासको मूलभूत आवश्यकताको पहिचान र सुझाव लिई तदनुरुप विकास योजना बनाउने उनले बताए । भूमिगत (डिप ट्युववेल) को माध्यमबाट सिंचाईको व्यवस्था नीतिगतरुपमा मिलाउने,निर्वाहमुखी कृषि तथा पशुपालनको व्यवसायिक उत्पादन वृद्धिमा ध्यान दिने । घरेलु तथा साना उद्योग संचालनका लागि सहुलियत ऋणको व्यवस्था मिलाउने ,खाद्य तथा पशुदाना उद्योग स्थापना गरी सरल र सहज पशुदाना उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्दै शिक्षण तालिम को ब्यवस्था गर्ने खुलालको प्रतिबद्धतामा उल्लेख छ ।बालविकास केन्द्रलाई प्रभावकारी बनाई स्थायी दरवन्दीको व्यवस्था मिलाउने, नीतिगत रुप मै प्रयत्न गरिने। प्लम्बिङ्ग, वायरिङ्ग, कारपेन्ट्री, कूकिङ्ग, नर्सिङ्ग, होटल म्यानेजमेन्ट, आदिको तालिममा जोड दिने आफ्नो लक्ष्य रहेको उम्मेद्वार खुलालको रहेको छ ।
आफ्नो क्षेत्र नं. ४ क भित्रका कम्तिमा दुई विद्यालय र दुई स्वास्थ्य चौकीलाई नमुनाको रुपमा बनाउने, उद्योगी÷व्यवसायीलाई पर्ने दोहोरो करको भार हटाउन नीतिगत पहल गर्ने ,चन्द्रपुर–६, स्थित श्री रामजानकी मन्दिर परिसरमा करिव ५०० जना अटाउने सभा भवनको निर्माण गर्ने ,चन्द्रपुर खेलकुद पुरस्कारको स्थापना गरी प्रतिभावान खेलाडीहरुलाई सम्मान गर्दै जाने , चांदी, पौराई, हर्दिया खोला कटान नियन्त्रणका लागि गुरुयोजना तर्जुमा गर्ने,यस क्षेत्रको कला, साहित्य, संस्कृतिको विकास गर्ने, प्रत्येक वर्ष कम्तीमा ४-५ वटा साना पक्की पुल र कुलो नाला निर्माण गर्ने, व्यवसाय प्रवर्द्धनका लागि सहुलियत पूर्ण नीति निर्माण गर्ने ,वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका र सीमान्तकृत व्यक्तिहरुको स्वास्थ्योपचारको पहुँच पुरÞ्याउन व्यवस्था गर्ने ,गरिव, विपन्न, भूमिहिन परिवारको पहिचान लक्षीत गरी सामाजिक आवास भवन निर्माण गर्ने ,कृषि सहकारीको माध्यमबाट सर्वसुलभ बीऊ, विजन तथा मलखादको व्यवस्था गर्ने उदेश्यका साथ आफू चुनावि मैदानमा आएको उम्मेद्वार खुलालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here