रौतहट,८ मंंसिर
रौतहट क्षेत्र नम्बर १ मा नेकपा एसका उमेदवार माधब कुमार नेपाल बिजयी भएका छन । बिहीबार बिहान मत गणनाको अन्तिम परिणाम अनुसार नेपालले ६ हजार ६ सयको मतअन्तरले नेकपा एमालेका उमेदवार अजय कुमार गुप्तालाइ हराएका छन । अन्तिम मतपरिणाम अनुसार नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका थिए भने नेकपा एमालेका उमेदवार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए ।