Tuesday, March 5, 2024

राैतहट क्षेत्र नम्बर ४ मा कांग्रेसका तिमल्सिना ईतिहास रच्दै दाेश्राे पटक बिजयी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर । राैतहट क्षेत्र नम्बर ४ मा इतिहास रच्दै नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमल्सिना दाेश्राे पटक बिजयी भएका छन । २०४८ सालकाे निर्वाचन यता कुनै पनि संसद यो क्षेत्रमा दाेहाेरिएर जितेका थिएनन् तर तिमल्सिनाले दाेहाेराएर देखाई दिए । प्राप्त अन्तिम मत परिणाम अनुसार कांग्रेसका उमेदवार तिमल्सिनाले ३४ हजार १ सय ५ मत ल्याएर बिजयी भएका छन । उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार उद्धब प्रसाद रेग्मीले २६ हजार ५ सय ५० मत ल्याएका थिए । ७५५५ मतअन्तरका साथ तिमल्सिनाले जित हात पारेका छन । उनले २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उमेदवार डाक्टर बंशिधर मिश्रलाई हराएर जितेका थिए । ५ दलिय गठबन्धनका उमेदवार तिमल्सिनाकाे यो दाेश्राे जित हाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles