बलरीखोर जंगलमा काठ तस्करको रजगज, सालका रुख सोत्तर,कर्मचारी बेखबर (फोटो फिचर)

0
576

रमेश तिमलसिना
रौतहट—रौतहटको बृन्दावन नगरपालिका वाड नं. १ मा रहेको रामलाल बृन्दावन साझेदारी वन अन्र्तरगत बलरीखोर जंगलमा काठ तस्करको रजगज भएको भेटिएको छ । सो क्षेत्रमा काठ तस्करले सालको रुख सोत्तर बनाएर काटेको पाइएकोे छ । साझेदारी वनका पदाधिकारीहरु र वन कर्मचारीको संलग्नतामा सर्लाही तथा रौतहटका काठ तस्करहरुले सालका रुखहरु सोत्तर पारेर काटेको स्थानियले जानकारी दिएका छन । जिल्लामा पर्ने सबैजसो स्थानका राष्ट्रिय वनमा वन कर्मचारीकै मिलेमतोमा काँचा सालका काठ चोरी तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्। वन व्यापक फँडानी भएको गुनासो आउन थालेको पछि सो वन क्षेत्रको स्थानिय संचारकर्मीहरुले स्थलगत अबलोकन गरेका थिए । जिल्लाको बृन्दावन सव डिभिजन वन कार्यालय अन्तरगतको वनमा चोरी तस्करी बढ्दै गएको स्थानियहरु बताउँछन् । सो वन कार्यालमा कार्यरत वन कर्मचारीको मिलोमतोमा व्यापक चोरी तस्करी हुने गरेको स्थानियले बताएका छन् ।
तस्कर समुहलाई आर्थिक प्रलोभनमा ती दुबै वन कर्मचारीले नै लाइन मिलाउने गरेको स्थानिले आरोप लगाएका छन् । सो वनमा गत दुई हप्ताको अवधिमा २७ वटा सखुवाको रुख काटेर तस्कर समुहले लगेको समाचार स्रोतले जनाएका छन् । वनमा तस्करले समहु बनाएर रातीको समयमा सखुवाको गुलीया चोरी तस्करी गर्ने गरेको स्थानियको भनाई छ ।
पहिला पहिला टायर गाडा ,ट्रेक्टर ,साईकल ,जिपमा हुने गरेको काठको चोरी तस्करी पछिल्लो समय मोटर साईकलमा हुने गरेको छ । सो वन कार्यालय क्षेत्रमा भइरहेको चारी तस्करी तत्काल रोक्न स्थानियले माग गरेका हुन् । तस्करले बलेरीको वनबाट चोरी तस्करी गरेको काठ सर्लाही पु¥याउने गरेको छ ।
यता सो क्षेत्रका फरेष्टर रबिन्द्र कुशवाहले आफु आए देखी काठ तस्करी रोकिएको बताएका छन । उनले केही दिन अघि मात्रै सो क्षेत्रमा आएको बताए । आफु आएपछि एकजना काठतस्करलाइ पक्राउ गरी बुझाएको पनि उनले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here