चन्द्रपुर – शसस्त्र प्रहरीले रौतहटको सिमा क्षेत्र बंकुलबाट सोमबार ३ लाख ३८ हजार मुल्य भन्दा बढीको समान बरामद गरेको छ । सोमबार दिउसो बौधिमाई नगरपालिका वाड नं. ८ हनुमान चौकबाट सो समान बरामद गरेको हो । शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मुख्यालयको सुचनाको आधारमा बि.ओ.पि. सरमजुवाका स.प्र.नि. विष्णुराज उप्रेतीको कमाण्डमा गएको टोलीले सो समान बरामद गरेको थियो ।
बिशेष सुचनाका आधारमा सप्रनि उप्रेतीको कमाण्डमा बाहिनिका स.प्र.ब.ह.संतोष कुमार सिंह र नं.११ गणका सप्रवह उमेश कुमार पण्डितको टोलीले उक्त समान बरामद गरेको थियो । अवैध रुपमा भन्सार छलि २ जना व्यक्तिलBR–06–CE 6515 र BR–06–C 6626 नम्बरको मो.सा.मा राखि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा कपडा तथा जुत्ता चप्पलहरू बरामद गरेको शसस्त्र प्रहरी निरिक्षक उप्रेतीले जानकारी दिए ।
तस्करहरु मो.सा. छाडी व्यक्ति फरार भएको हुँदा उक्त सामानहरू र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक छानविन पश्चात मुल्य रु. ३ लाख ३८ हजार ८४० रुपैया कायम गरी गौर भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागी पठाईएको शसस्त्र प्रहरी निरिक्षक उप्रेतीले जानकारी दिए ।