रौतहट – कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २(० गोलको अग्रता बनाएको छ । लुसेल रंगशालमा जारी खेलमा अर्जेन्टिनालाई अग्रता दिलाउन कप्तान लियोनल मेस्सी र एन्जिल डी मारियाले गोल गरे ।
खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका हुन् ।