Saturday, June 22, 2024

जय चौतारी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा कार्की निर्वाचित

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित जय चौतारी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको सञ्चालन समितिको अध्यक्षमा देवी बहादुर कार्की अध्यक्ष पदमा विजयी हुनु भएको छ । शनिबार जनहित सामुदायिक आधारभुत विद्यालयमा सम्पन्न निर्वाचनमा देवी बहादुर कार्कीले ८३ मतका साथ विजयी हुनु भएको हो । उहाको प्रतिस्पर्धी मुक्तिनाथ दाहालले ८१ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरि कोषाध्यक्षमा निलकण्ठ आचार्यले ९२ मत प्राप्त गरि विजयी हुनु भएको हो । प्रतिस्पर्धी रामकुमार धितालले ६९ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरि सदस्यहरुमा गंगा माया राउत ८९ मत , मिन बहादुर खनाल ८३ मत , राम बहादुर भण्डारी ८२ मत , कृष्ण बहादुर विक ८१ मत , भानुभक्त गौतम ७९ मत र गोपाल राउत ९३ मतका साथ विजयी भएको निर्वाचन टोलीले जनाएको छ । नव निर्वाचित अध्यक्ष कार्कीले शेयर धनीहरुले अमुल्य मत दिइ संस्थाप्रतिको आस्था र भरोसालाई साकार पार्ने प्रतिबद्धता गर्नु भएको छ । आफुले जुन प्रतिबद्धताका साथ मत मागेको थिए ति सबै प्रतिबद्धता पुरा गराउन आफु लागी पर्ने विश्वास दिलाउनु भएको छ । नव निर्वाचित कार्कीले उक्त संस्थाको पहिले पनि नेतृत्व गरिसक्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles