Monday, July 22, 2024

निमार्ण ब्यबसायी संघ रौतहटमा राकी र यादब मनोनित

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – निर्माण व्यवसायी संघ रौतहटले दुई जनालाई मनोनित गरेको छ । संघले २ जना लाइ जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । मनोनित हुनेहरूमा मोहम्द जहाँगीर राकि,प्रमोद यादव रहेका छन् । शनिबार बसेको जिल्ला कमिटी बैठकमा जिल्ला अध्यक्ष कृष्ण देव यादवले संघको प्रावधान अनुसार दुई जनाको नाम प्रस्ताव गरेका थिए । बैठकले दुवै जनालाई जिल्ला कमिटी बैठकमा मनोनीत गरेको हो ।

संघको विधान अनुसार नयाँ कार्यसमिति चयन भएकोतिन महिना पछि दुइ जनालाइ मनोनित गर्ने नियम अनुसार नै वहाँहरू लाई मनोनयन गरिएको हो । स्मरणीय होस् गत असार महिनामा निर्माण व्यवसायी संघ रौतहटको ७ औँ साधारण सभा बाट कृष्ण देव यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियोे ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्र कुमार यादव, प्रथम उपाध्यक्ष पवन किशोर साह र उपाध्यक्षमा उपेन्द्र यादव, प्रहलाद साह, प्रमोद महतो कोईरी,राम बशिष्ट राय यादव निर्वाचित हुनुभएको थियोे । त्यस्तै महासचिवमा श्रीकान्त प्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सह कोषाध्यक्षमा बिरेन्द्र चौधरी चुनिनु भएको थियोे ।

सदस्यहरूमा विवेक सिंह उर्फ कुनाल कुशवाहा, सरोज कुमार यादव , सविन्द्र नारायण साह, मुरलिधर यादव, मोहम्मद मनिर शेख, सुनरजित कुमार गिरि लगायत निर्वाचित हुनुभएको थियोे । कुल १९ सदस्यीय जिल्ला कार्य समिति रहेकोमा दुई जना बढेर अब २१ सदस्यीय पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles