Saturday, June 22, 2024

समाजको बिकाशको लागी संचार जगतको अहम भुमिका— प्रदेश संसद भट्टराई

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले समाजको बिकाशको लागी संचार जगतको अहम भुमिका रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवशको अबसर पारेर जिल्ला समन्वय समिति रौतहट आयोजना गरेको कार्यक्रममा संसद भट्टराईले यस्तो बताउनुभएको हो ।
सेन्टरको १९ औ स्थापना दिवशको शुभकामना दिदै प्रदेश सभा सदस्य भट्टराईले सब्य समाज निमार्ण गर्न संचारकर्मीको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
समाजलाइ गलत दिशा जानबाट जोगान र सही दिशामा हिडाउन पत्रकारको भुमिका महत्व रहेको उहाको धारणा थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,प्रेस सेन्टरका केन्द्रिय सदस्य मनोज साह,प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य फणि महत,प्रेस चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना,तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडी,नेकपा माओबादी केन्द्रकी मधेश प्रदेश सदस्य देवकी नेपाल,रौतहट ट्राफिक प्रमुख बिमला कठायत लगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles