चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरमा रहेको सिभिल बैक शाखा कार्यालयले बित्तिय साक्षरता कार्यक्रम अन्र्तरगत सय जना इरिक्सा चालकलाइ क्युआर कोड र ज्याकेट बितरण बितरण गरेको छ । आइतबार चन्द्रनिगाहपुरमा एक कार्यक्रम आयोजना गरी चन्द्रनिगाहपुरका १०० जना इरिक्सा चालकहरुलाइ सिभिल बैकको ज्याकेट र क्युआर कोड हस्तान्तरण गरेको सिभिल बैक चन्द्रनिगाहपुरका शाखा प्रबन्धक सुरज पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रममा सोही बैकका मधेश प्रदेश प्रमुख विश्वराज अर्यालको उपस्थीतीमा इरिक्सा चालकहरुलाइ क्युआर कोड र ज्याकेट बितरण गरेको शाखा प्रबन्धक पौडेलले बताउनु भयो । यस अघि पनि सो बैकले जुडिबेला माबिकी एक छात्रालाइ अध्ययनको लागी सहयोग गरेको थियो । बैकको नियमित कार्यक्रम अन्र्तरगत समाजिक कार्यमा सो बैकले चन्द्रनिगाहपुरमा बिभिन्न कार्यक्रम गदै आइरहेको छ ।
Home मुख्य समाचार सिभिल बैकको बित्तिय साक्षरता कार्यक्रम अन्र्तरगत सय जना इरिक्सा चालकलाइ क्युआर कोड...